अनुसन्धान

युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगार बन्न ऋण प्रदानमा सहजीकरण मात्र गर्ने नभई स्वरोजगारीका विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनका लागि देशभरि अध्ययन अनुसन्धान कार्यलाई पनि उच्च प्राथमिकता दिएको छ। त्यसैले स्थापनाकालदेखि नै कोषले स्वरोजगारसम्बन्धी अनुसन्धानलाई आफ्नो कार्यको अत्यन्त महत्वपूर्ण अंशका रूपमा पहिचान गरी यसलाई तीव्रता दिएको छ।
यस्ता अनुसन्धान कार्यहरू कोषले आफैँ गर्ने नभई विभिन्न स्वतन्त्र अथवा संस्थागत अनुसन्धाताहरूमार्फत् गरेको छ। कोषको सहयोगमा भएका महत्वपूर्ण अध्ययन…अनुसन्धानहरू र तिनको अनुसन्धाताहरू निम्नलिखित छन्:
१. नेपालमा स्वरोजगारका लागि आदिवासी र सीमान्तकृत जाति/जनजातिको सम्भावना …    नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ
२. डोम र मुसहर समुदायको रोजगारी/स्वरोजगारी तथा उद्यमशीलतासम्बन्धी अध्ययन …    मधेशी नागरिक समाज
३. युवा बेरोजगारी र आर्थिक…सामाजिक चुनौती तथा रोजगारीका सम्भावनाहरू …     युथ मिसन नेपाल
४. काभ्रे, काठमाडौँ, नुवाकोट र धादिङ जिल्लामा युवा रोजगारी बजार सर्भे …     नेपाल पीएचडी एसोसिएसन
५. दक्षिण एसियाली मुलुकमा युवा तथा स्वरोजगार कार्यक्रमको मूल्याङ्कन …     क्रिएटिभ फोरम नेपाल
६. युद्ध पर्यटन: युवा स्वरोजगारको प्रारम्भिक सम्भाव्यता …    माण्डवी बहुउद्देश्यीय समाज विकास केन्द्र
७. विकसित देशका युवा र स्वरोजगार कार्यक्रमको मूल्याङ्कन …    युनाइटेड सोसाइटी डेभलपमेन्ट सेन्टर नेपाल
८. पूर्वी एसियाका युवा तथा स्वरोजगार कार्यक्रमको मूल्याङ्कन …    युथ अवेयरनेस नेपाल
९. नेपालमा स्वरोजगारका लागि प्रवासी तथा गैरप्रवासी दलित युवासम्बन्धी अनुसन्धान …    जेनेसिस म्यानेजमेन्ट ट्रेनिङ एन्ड रिसर्च सेन्टर
१०. नेपालमा पशुपालनका लागि सम्भावित खास क्षेत्रको पहिचान …    प्रा.डा. मोहनप्रसाद शर्मा
११. व्यावसायिक केराखेती प्रविधि पुस्तिका    ऋषिराम कट्टेल
१२. व्यावसायिक उन्नत मौरीपालन प्रविधि पुस्तिका…    ऋषिराम कट्टेल
१३. व्यावसायिक अलैँचीखेती प्रविधि पुस्तिका…    ऋषिराम कट्टेल
१४. बगरखेती प्रविधि पुस्तिका…    ऋषिराम कट्टेल
१५. व्यावसायिक अदुवा खेती प्रविधि पुस्तिका…     ऋषिराम कट्टेल
१६. कुखुरापालन प्रविधि पुस्तिका…    शिवचन्द्र ढकाल
१७. माछापालन प्रविधि पुस्तिका…    शिवचन्द्र ढकाल
१८. बाख्रापालन प्रविधि पुस्तिका…    शिवचन्द्र ढकाल
१९. बंगुरपालन प्रविधि पुस्तिका…    शिवचन्द्र ढकाल
२०. गाईपालन प्रविधि पुस्तिका…    शिवचन्द्र ढकाल
२१. व्यावसायिक खुर्सानीखेती प्रविधि पुस्तिका…    सन्तोष मरहट्टा
२२. काउलीबाली समूह तरकारीका व्यावसायिक खेती प्रविधि पुस्तिका…    सन्तोष मरहट्टा
२३. फर्सी तथा लहरेबाली समूह तरकारीका व्यावसायिक खेती प्रविधि पुस्तिका…    सन्तोष मरहट्टा
२४. व्यावसायिक च्याउखेती प्रविधि पुस्तिका …    सन्तोष मरहट्टा
२५. व्यावसायिक गोलभेँडाखेती प्रविधि पुस्तिका…    सन्तोष मरहट्टा

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।