अनुगमन

अनुगमन युवा तथा साना उद्यमी स्वरोजगार कोषको एउटा प्रमुख कार्य हो। कोषले अनुगमन कार्यलाई अत्यन्त महत्व दिएको छ। खासगरी देशका युवाहरूलाई स्वरोजगार बनाउने सन्दर्भमा स्वरोजगारीका क्षेत्रहरूको पहिचान, सम्भाव्यता अध्ययन, स्वरोजगारीका कर्जा प्रवाह गर्ने वित्तीय संस्था र सहकारीहरूको वस्तुस्थिति र लगानीको अध्ययन, कर्जाको सदुपयोगको अवस्था अध्ययनका लागि कोषले अनुगमन गर्ने गरेको छ। अनुगमन कार्यबाट कोषलाई लगानी गर्ने क्षेत्रको पहिचान र वित्तीय संस्थाको अवस्थाबारे वस्तुस्थिति थाहा पाउन मद्दत गर्दछ। कोषले स्वरोजगार कर्जा प्रवाह गर्नुअघिको वस्तुस्थिति अध्ययन गर्न, कर्जा लगानी गरिसकेपछि लगानीको सदुपयोगको अध्ययन गर्न विभिन्न चरणमा अनुगमन गर्ने गरेको छ। यी गतिविधिले कोषलाई कर्जा प्रवाह गर्ने सन्दर्भमा आगामी दिनका कार्यक्रम तय गर्न र अगाडि बढ्नसमेत सहयोग गर्दछ।
रकमको अभावमा सीपको उचित सदुपयोग गर्न नसकेका युवाहरूलाई लक्षित गरी देशका ७५ वटै जिल्लामा स्वरोजगार कोषमार्फत् कर्जा प्रवाह गर्ने राष्ट्रिय कार्यक्रमलाई मूर्तरूप दिने सन्दर्भमा कोषले हाल सहकारी संस्थाहरूमार्फत् युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रमलाई जोड दिएको छ। देशका ७३ जिल्लाका ४६६ सहकारीहरूमार्फत् कोषले स्वरोजगार कर्जा उपलब्ध गराइसकेको छ र यसलाई उपत्यकाका तीनवटै जिल्लामा समेत पुर्या उन कोष हाल लागिपरेको छ। यसै सन्दर्भमा कोषले भक्तपुर जिल्लाका सहकारीहरूको अनुगमन पूरा गरी हाल काठमाडौँ र ललितपुर जिल्लामा अनुगमनलाई तीव्र बनाएको छ।