स्वरोजगार कार्यक्रमअन्तर्गत पाइने कर्जामा लाग्ने ब्याजदर कर्जा लगानी गर्ने बैङ्क, वित्तीय सस्था वा सहकारीले नै तोक्दछन\। तर, कोषसग भएको सम्झौताअनुसार सम्बन्धित सस्थाको भाकाअनुसार समयमै ऋणीले किस्ता चुक्ता गरेमा सम्पूर्ण ऋण चुक्ता भएपछि त्यसमा लागेको ब्याजको साठी प्रतिशतरकम कोषले लगानी गरेका बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत् ऋणीलाई फिर्ता गरिनेछ।यी बैङ्क, वित्तीय संस्था र सहकारीहरूले त्यस्ता ऋणीहरूको सूची कोषलाई बुझाउनेछन् र कोषले तिनका दाबीहरूमाथि उचित अनुसन्धान र प्रमाणीकरण गरेपछि बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत् त्यस्ता ऋणीहरूलाई प्रदान गर्नेछ।