व्यवस्थापन

  • डा. बिष्णु प्रसाद गौतम 

    कार्यकारी निर्देशक 

     

  • .

  • नारायणदत्त देवकोटा

    अनुगमन शाखा प्रमुख

  • सुदीप सिलवाल

    कार्यक्रम शाखा प्रमुख

  • ज्ञानहरि देवकोटा

    प्रशासन शाखा प्रमुख

  • लोक  बहादुर खड्का

    कानुन/असुली शाखा प्रमुख

     

  • नर बहादुर साउद 
    तालीम शाखा प्रमुख

  • सम्झना वाग्ले 

    कार्यक्रम प्रबर्दन, अनुसन्धान तथा सूचना शाखा प्रमुख/;"rgf clwsf/L

  • प्रज्वल चित्रकार

    वित्त शाखा प्रमुख

  • सूर्य प्रकाश तिवारी
    वीमा शाखा प्रमुख

पात्रो

July 2020
SuMoTuWeThFrSa
   1234
567891011
12131415161718
19202122232425
262728293031 

अध्यक्षको मन्तव्य

 

देशको युवा जनशक्तिलाई स्वरोजगार बनाउन राज्यले विभिन्न पहलकदमी गर्दै आएको भएपनि यस क्षेत्रमा आशातित सफलता प्राप्त गर्न अझै सकिएको छैन । वर्षनी चार पाँच लाख श्रम गर्न सक्ने युवा श्रमबजारमा आउँछन् । यी युवा जनशक्तिलाई देशमा नै रोजगारी सृजना हुन नसक्नाले वर्षेनी लाखौं संख्यामा युवा शक्ति रोजगारको लागि विदेशीने गरेको कटु यथार्थ हामी वीच छ । विकास र समृद्ध हासिल गरी "सुखी नेपाली, समृद्ध नेपाल" निर्माण गर्ने राष्ट्र निर्माणको ऐतिहासिक राष्ट्रिय लक्ष्य हाँसिल गर्न देशमा भएको सम्पूर्ण युवा शक्ति र स्रोत साधनको व्यापक परिचालन हुन अनिवार्य छ ।

 

सोही अनुरुप बैंक, बित्तीय संस्था र सहकारी संस्थाहरुको माध्यमबाट उद्यमशिलताको विकास गर्न युवाहरुमा वित्तिय चेतना फैलाई सीपमुलक तालिम प्रदान गर्ने तथा युवाहरुलाई सहुलियत कर्जा प्रदान गर्ने तथा युवाहरुलाई सहुलियत कर्जा प्रदान गरी स्वरोजगार र व्यवसायिक बनाउने हाम्रो पहिलो लक्ष्य छ । हाल २१.६ प्रतिशत जनसंख्या गरिवीको रेखा मुनि रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको दर अझ बढी छ । दैनिक हजारौंको संख्यामा रोजगारीका लागि विदेश भौतारिनु पर्ने अवस्थाको अन्त्य आजको प्रथमिकता हो । स्थानीय स्रोत साधन र कच्चा पदार्थको अधिकतम प्रयोग हुनेगरी व्यवसायिक तथा सीपमुलक परियोजना संचालन गरी स्थानीय स्तरमै युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यका साथ युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना वि.सं. २०६५ सालमा भएको हो । देशमा रहेका युवा जनशक्तिलाई सीपमुलक तथा व्यवसायिक तालिम प्रान गर्नुका साथै परम्परागत सीपलाई प्रर्वद्धन गर्दै आर्थिक रुपमा पिछडिएका विपन्न वर्ग, समुदाय, वेरोजगार युवा, महिला, दलित उत्पीडित जाति, जनजाति तथा आदिवासी तथा द्धन्द पिडित, अपांगता भएका वा घाईते व्यक्ति, वेपत्ता तथा शहिद परिवारहरुलाई कृषिजन्य उत्पादन, पशुपालन, व्यवसायिक साथा उद्योग, परम्परागत सीप भएका परियोजना, सेवामुलक स्वरोजगार कार्यक्रम संचान गर्न सहुलियत व्याज दरमा कर्जा प्रदान गर्ने कार्य यस कोष मार्फत भै रहेको छ । वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन अभिमुखिकरण, व्यवसायिक तथा सीपमुलक तालिम प्रदान गर्नुका साथै बैंक एवं वित्तीय संस्था, सहकारी संस्थाहरु मार्फत विना धितो सहुलियत व्याज दरमा आवधिक कर्जा प्रदान गरी वेरोजगार युवाहरुको आय आर्जनमा वृद्धि गरी जिविकोपार्जनलाई सहज बनाउन मद्दत पुर्याउँदै आएको छ ।

 

यस कोषको प्रभावकारीतालाई अझ वृद्धि गर्दै स्वदेश भित्रै स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने तर्फ आवश्यक नीति निर्माण तथा कार्य योजना तयार गरी समृद्ध राष्ट्र निर्माणको महाअभियानमा देशको युवा शक्तिलाई परिचालित गर्न र रोजगारका लागि युवा जनशक्ति विदेश पलायन हुने विद्दमान दुर्भाग्यपूर्ण स्थितिको अन्त्यका लागि कोषले आगामी दिनमा आफ्ना नीति, कार्यक्रमलाई थप व्यवस्थित गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गराउँदै जानेछ भन्ने विश्वासका साथ प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

 

मा. जगत बहादुर सुनार (विश्वकर्मा)

मन्त्री

युवा तथा खेलकुद

 

उपाध्यक्षको आव्हान

.

कार्यकारी निर्देशकको भनाई

नेपाल कृषि प्रधान देश भएर पनि कृषि उपजमा आधारित उद्योगहरुको स्थापना कमै भएको, भौगालिक विकटताले गर्दा उत्पादित कृषि उपजको बजार पहुँच नभएको र विकासका पुर्वाधारहरु समानुपातिक रुपमा निर्माण नहुँदा बसाई सराई जस्ता समस्या एकातिर सिर्जना भएका छन् भने अर्कोतिर वार्षिक रुपमा श्रम बजारमा प्रवेश गर्ने युवाहरुको संख्यामा वृद्धि हुँदै जाँदा वेरोजगारीको समस्या बढ्दै गएको कुरा सबैमा विदितै छ । यसै सन्दर्भमा उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशिलताको विकास गर्दै परम्परागत उत्पादन प्रणालीमा व्यापक परिवर्तन एवम् आधुनिक प्रविधिको उपयोग लगायत  स्थानीय स्रोत साधनमा आधारित तथा बजार निर्देशित उत्पादन गरी आर्थिक सम्वृद्धि हासिल गर्न युवा व्यवसायीहरुलाई बैंक/वित्तीय संस्था तथा सहकारी संघ संस्थाहरुबाट बिना धितो सहुलियत व्याजदरमा आवधिक कर्जा उपलब्ध गराउने उद्देश्यले यस कोषको स्थापना भएको हो । 

राज्यमा सृजना हुने रोजगारीको अवसरहरुको तुलनामा निकै ठूलो संख्यामा युवाहरु श्रम बजारमा प्रवेश गर्ने र अवसरको खोजिमा वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता रहेको छ । यस्तो वेरोजगारी समस्या समाधानको लागि यस कोषले युवाहरुलाई प्रविधि मैत्रि बनाउँदै सीप र क्षमताको विकासद्वारा उद्यमशिलताको विकास गरी आर्थिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक पर्ने पूँजी स्वरोजगार कर्जाको रुपमा उपलब्ध गराउँदै आएको छ । 

आगामी दिनमा समेत स्वरोजगारीको अवसरहरु पहिचान गरी उत्पादनका साधनहरुमा पहुँच नभएका युवाहरु विशेषगरी पिछडिएका वर्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित समुदायलाई प्राथमिकतामा राखी कृषि, पशुपालन, सेवामुलक र साना तथा मझौला उद्योगहरुमा लगानी बढाउँदै स्वरोजगारीको अवसरहरु वृद्धि गर्न सरोकारवाला सबै निकाय एवम् समुदायको समन्वय तथा सहकार्यबाट मात्र संभव हुने भएकाले कोषको कार्यकारी निर्देशकको हैसियतले सम्बद्ध सबैको समन्वय, सहकार्य एवं सहयात्राको लागि हार्दिक अनुरोध गर्दछु । 

 

डा. बिष्णु प्रसाद गौतम

कार्यकारी निर्देशक

युवा तथा साना व्यबसायी स्वोरोजगार कोष, सचिवालय  

नयाँ जानकारी

स्यंसेवकहरुको दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न २०७६
2020-05-26 16:02:47


युवा तथा साना व्यवसायी स्वरोजगार कोषका विभिन्न जिल्लामा कार्यरत ४२ जना (महिला ८ जना र पुरुष ३४ जना) स्वयंसेवकहरुको दुई दिने क्षमता अभिवृद्धि तालिम २०७६ फाल्गुन २३ गतेदखि २४ गतेसम्म आगन्तुक रिर्सोट, बनेपा, काभे्र, गोसाईथानमा सञ्चालन गरिएको थियो ।
कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमज्यू र बरिष्ट प्रशिक्षक डा.मदन बिष्टज्यूबाट संयुक्त रुपमा बिरुवामा पानी हालेर तालिमको सुभारम्भ भयो । कोषका तालिम शााखा प्रमुख नर बहादुर साउँदज्यूले सञ्चालन गरेको कार्यक्रममा कोषका अनुगमन शाखा प्रमुख नारायणदत्त देवकोटाज्यू, प्रशिक्षकज्यू र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यूले सार्बजनिक सेवा, कार्यालय व्यवस्थापन र नैतिक आचरणको… अझ धेरै...